नियम ३९
कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था
(१) सेवाको देहायका पदहरूमा देहायका
अधिकारीले कायम मुकायम मुकरर गर्न सक्नेछ ः-
(क) विभागीय प्रमुखको पदमा नेपाल सरकार,
(ख) कार्यालय प्रमुख र इकाइ कार्यालय प्रमुखको पदको निमित्त
सम्बन्धित विभागीय प्रमुख ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक सेवाका अन्य पदमा कायम मुकायम
मुकरर गरिने छैन ।